Nepal's First Video FM

अख्तियारका आयुक्त पाठकले बुझाए राष्ट्रपतिलाई राजीनामा

442

पाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस खाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् ।

आज शुक्रबार उनी अाफैँ शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।पाठकले ७८ लाख रुपैयाँमा घुस खाएको प्रमाणसहितको समाचार आएपछि उनलाई पदबाट मुक्त हुनको लागि दबाव आएको थियो । यस अघि उनले इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको स्विकारेका थिए ।

सत्तारुढ दल नेकपाले अख्तियार पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउन लागेकै बेला उनले पदबाट राजीनामा दिएका हुन् । पाठकले घुस खाएको कुरा बाहिर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियोग प्रस्ताव अघि बढाउनका लागि सांसदहरुलाई निर्देशन दिएका थिए ।

भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका स्वामित्व विवादको विषयमा कलेज सञ्चालक समितिमा अध्यक्ष लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस खाएका थिए ।

संघ-संस्था ऐनअन्तर्गत दर्ता भएको सो कलेजलाई हत्याउन न्यौपानेले सोही नामको निजी कम्पनी स्थापना गरेका थिए । सो विवाद अख्तियार पुगेपछि आयुक्त पाठकले न्यौपानेसँग विवाद मिलाउने भन्दै दुई पटक गरी सो घुसको रकम लिएका थिए । news24

You might also like

Comments are closed.