फागुन ६, इरानमा ६० जना यात्रु चढेको विमान दुर्घटना भएको छ । उक्त विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो ।
यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटना स्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।
Comments are closed.