Nepal's First Video FM

टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल आज मलेसियासँग भिड्ने

703

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गत आज हुने खेलमा नेपाल मलेसियासँग भिड्ने भएको छ । यो खेल नेपाली समय अनुसार विहान पौने नौ बजेबाट सुरू हुनेछ ।

छोटो समयको तयारी भएपनि थाइल्याण्डमा नै भएको टी–२० स्म्यासको उपविजेता भएको हिसाबले नेपाली टिम आत्मविश्वासका साथ मलेसियाली टिमसँग भिड्न लागेको हो । टिमले शनिबार मैदानमा सामान्य अभ्यास गरेको थियो ।

थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाललले उत्कृष्ट खेल खेल्दै जित्ने लक्ष्य लिएको हो ।त्यस्तै यस अघि कुवेतलाई ६३ रनले पराजित गरेको मलेसिया पनि नेपाललाई हराउने दाउमा रहेको छ ।

सात वटा देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल सहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीनको सहभागिता रहेको छ । सन् २०२० मा हुने टी–२० विश्वकप खेल्ने मौकामात्र होइन यो प्रतियोगिता २०२१ मा न्युजिल्याण्डमा हुने ५० ओभरको विश्वकप छनोटका रुपमा पनि लिइएको छ ।

You might also like

Comments are closed.