Nepal's First Video FM

सरकारले प्रेस स्वतन्त्रता हनन हुन दिँदैन, पत्रकारकाे हितमा कटिबद्ध छाैँ : मन्त्री बाँस्कोटा

81

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन र पत्रकारहरुकाे हकहितका लागि सरकार कटिबद्ध रहेको बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको उद्घाटन गर्दै बिहीबार उहाँले श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सचेत रहेको बताउनुभयाे ।

मन्त्री बाँस्काेटाले श्रमजीवी पत्रकारकाे न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरिएको तथा यसको सुनिश्चितताका लागि बैंकिङ प्रणालीद्वारा भुक्तानीको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । यसकाे कार्यान्वयन भए/नभएकाेतर्फ सरकारले निगरानी गरिरहेकाे र कार्यान्वयन नगर्ने मिडिया कारबाहीमा पर्ने उहाँकाे भनाइ थियाे ।

Image may contain: 8 people, people smiling, people standing
सरकारले पत्रकारहरुकाे हितका लागि नयाँ व्यवस्था गर्न लागिएकाे समेत बताउनुभयाे । साना मिडियाकाे हितलाई समेत ध्यानमा राखी समानुपातिक माध्यमबाट विज्ञापन वितरण प्रणाली लागू गर्न लागिएकाे र यसले साना मिडियालाई बलियो बनाउने उहाँका तर्क थियाे ।

उहाँले समानुपातिक विज्ञापनका लागि सरकारले ‘विज्ञापनसम्बन्धी विधेयक’ संसदमा पेश गरेको जानकारी दिँदै भन्नुभयाे, ‘सरकारले अब विज्ञापन बोर्डमार्फत समानुपातिक विज्ञापन उपलब्ध गराउँछ । यसका लागि अावश्यक तयारी भइरहेकाे छ ।’

मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रताको पक्षमा समेत सरकार सधैँ रहेकाले नै मुलुकी संहिता सम्बन्धमा प्रेससम्बन्धी सुझावका लागि कार्यदल गठन गरेको तर्क गर्नुभयाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै साभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे । समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने तर्क गर्दै सभामुख महराले समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिनुभयाे ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहने भए पनि पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जाेड दिनुभयाे ।

बिहीबार सुरु भएकाे विधान महाधिवेशन आज शुक्रबारसम्म चल्ने जनाइएकाे छ । साे भेलामा नेपालभरका झण्डै १ हजार ५०० पत्रकार/प्रतिनिध उपस्थित थिए । सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्नुभयाे ।

महासङ्घद्वारा पत्रकारिता क्षेत्रसँग जोडिएका व्यक्तित्वका नाममा स्थापित पत्रकारिता पुरस्कारबाट ५ जनालाई पुरस्कृत समेत गरिएको थियो ।news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.