लाहन । अज्ञात समूहले सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको विभिन्न राष्ट्रिय पत्रिका जलाएकाे हाे ।
पसल सञ्चालक दिनेश देवका अनुसार बिहान पसल खाेल्न पुग्दा पत्रिका जलिरहेकाे थियाे । उनले भने, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।”
करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
Comments are closed.