Nepal's First Video FM

गण्डकी प्रदेशमा कृषि विकास बैंकले विनाधितो कर्जा प्रदान गर्ने

141

कृषि विकास बैंकले गण्डकी प्रदेशमा विनाधितो सहूलियतपूर्ण कर्जा दिने भएकाे छ ।

बिहीबार गण्डकी प्रदेशकाे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंककाे क्षेत्रीय कार्यालय पोखराबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । सम्झाैताअनुसार कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा कृषि बैंकले साे कर्जा प्रदान गर्नेछ ।

बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी पत्रमा उल्लेख छ । समझदारी अनुसार प्रदेशकाे कृषि क्षेत्रको व्यावसायिकता विकासका साथै उत्पादन र उत्पादकत्वमा समेत वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रम प्राथमिकतामा परेका छन् ।

समझदारीमा कृषिमन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गरेका थिए । बैंकले कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकमखातामार्फत प्रदान गर्ने समझदारीमा उल्लेख छ ।

यसैगरी बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार विनाधिताे कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने साे समझदारीमा उल्लेख छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.