Nepal's First Video FM

अपहरणमा परेका वडा अध्यक्षका छोरा ३ दिनपछि मृत फेला

438

फागुन ६, कपिलवस्तुको मायादेवी गाउँपालिका-४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिय छोरा महोम्मद एमान मृत अवस्थामा भेटिएका छन् । तिन दिन अघि अपरहणमा परेका भनिएका एमान आइतबार बिहान मृत भेटिएको हो ।

आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीले बताए ।

दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले बताए । बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका थिए ।

You might also like

Comments are closed.