ललितपुर महानगरपालिकाका मुख्य सडकहरुमा ‘स्मार्ट’ बत्ती जडान गर्दै छ ।
महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरभित्रका मुख्य सडकहरुमा बत्ती जडान कार्यकाे चयारी अन्तिम चरणमा पुगेकाे र यही अार्थिक वर्षभित्रमा सबै सडकमा बत्ती जडान गरिसक्ने बताइएकाे छ ।
महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्नका लागि काम भइरहेकाे महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेलसम्म तथा पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खाे सम्मकाे सडकमा पहिलाे चरणमा बत्ती जडान हुनेछ । यसैगरी कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा पनि स्मार्ट बत्ती जडान गर्न लागिएकाे हाे ।
शहरी साैन्दर्य र अाधुनिकताका साथै मितव्ययीताकाे अधारणाअनुसार ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएकाे महर्जनले बताए । उनका अनुसार अरु सडक बत्तीभन्दा स्मार्ट बत्ती फरक हुन्छ, जुन बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने र उनीहरु आउँदा आफैँ बल्ने गर्छ । यसले अटाेमेटिक रुपमका काम गर्ने हुँदा अनावश्यक समयमा विद्युत खेर नजाने बताइएकाे छ ।
Comments are closed.