सर्वोच्च अदालतले नेपालमा जेल सजाय भाेगिरहेका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे निर्णय गर्न परमादेश जारी गरेकाे छ ।
अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा कुख्यात रहेका शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट उनले पनि पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते सर्वाेच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।
साे रिटमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले कैद छुट दिने या नदिने भन्नेबारे ३ महिनाभित्रमा आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको हाे ।
कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था रहेकाे छ । सोही व्यवस्थानुसार सजाय भोगिरहेका विदेशी नागरिकका हकमा पनि लागू गर्न रिट निवेदनमा माग गरिएको थियो ।
अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको अभियाेगमा शाेभराजलाई काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उनी सन् २००३ देखि कैद सजाय भोगिरहेका छन् ।news24
Comments are closed, but trackbacks and pingbacks are open.