Nepal's First Video FM

लेभान्टेमाथि रियल मड्रिडको कठिन जित

47

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेमाथि कठिन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई उसैको घरेलु मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गरे । लेभान्टेका लागि भने रोजर मार्टीले गोल गरेका थिए ।

खेलको ४३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियल मड्रिडले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । ६०औं मिनेटमा मार्टीले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । तर खेलको ७८औं मिनेटमा फेरी रियलले पेनाल्टी पायो । बेलले पेनाल्टीबाट गोल गर्दै रियललाई २-० गोलको जित दिलाए ।

त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले भिल्लारियललाई र रियल बेटिसले रियल भलाडोलिडलाई समान २-० गोलअन्तरले नै पराजित गरेका छन् । त्यस्तै, भ्यालेन्सिया र लेगनेसबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ ।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक हुँदा समान खेल खेलेको रियल मड्रिडडको ४८ अंक छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.