Nepal's First Video FM

ब्राइटनमाथि लेस्टरकाे जित, एभरटन ३-० विजयी

88

इंगलिस प्रिमियर लिग अन्तर्गत मंगलबार रातीभएका दुई खेलमा एभरटन र लेस्टर सिटी विजयी बनेका छन् । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा लेस्टरले जित हात पारेको हो ।

जितमा डेमारे ग्रेले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । दोस्रो हाफको ६३ औं मिनेटमा जेमी भार्डीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटमा नै ब्राइटनका डेभि प्रोपरले गोल गरेपनि लेस्टरले जित दर्ता गर्यो ।

त्यस्तै कार्डिफको घरेलु मैदानमा भएको खेलमा एभरटनले ३-० ले जित हात पारेको छ ।
४१ औं मिनेटमा सिगुर्डसनको गोलले अग्रता लिएको एभरटनले ६६ औं मिनेटमा सिगुर्डसनकै गोलबाट दोब्ब्र अग्रता बनाएको थियो । खेलको अन्तिम मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेपछि शुन्य स्थितीमा रहेको कार्डिफविरुद्ध ३ गोलको जित निकालेको हो ।

मंगलबारै स्टिभ मुनिको ९० औं मिनेटको गोलमा हडर्सफिल्ड टाउनले वल्भ्सलाई १(० ले पराजित गर्यो । न्युकासल युनाइटेडले पनि बर्नलीलाई २(० ले हरायो । घरेलु टोलीको जितमा फाबियन सार र सन लङस्टाफले गोल गरे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.