Nepal's First Video FM

रियल मड्रिड ला लिगामा बार्सिलोनासँग हार्‍याे

80

स्पेनीस ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । रियलकै मैदानमा भएको खेलमा बार्सिलोनाले १ गाेल मात्रै गर्दै रियलमाथि कठिन जित निकाल्यो ।
बार्सिलोनाको जितका लागि इवान राकिटिकले २६ औँ मिनेटमा गोल गरे । उनले सर्जी रोवेर्टोको पासमा गोल गरेका थिए । सोही गोल बार्सिलोनाकाे लागि निर्णायक गोल बन्न पुग्याे ।

खेलक्रममा रियलका कप्तान सर्जियो रामोस र बार्सिलोनाका कप्तान मेस्सीबीच टकराव पैदा भएको थियो । रामोसले बल हेडिङ गर्नेक्रममा जानी–जानी मेस्सीलाई कुइनाले हानेको भन्दै दुई कप्तानबीच हात हालाहालको स्थितिसमेत पैदा भएको थियो ।

जितसँगै बार्सिलोनाले ६० अंक बनाउँदै रियल भन्दा १२ अंकले अघि रहेको छ, भने एटलेटिको मड्रिड ५० अंकले दोस्रो स्थानमा रहेको छ । तर, एथ्लेटिकोले एक खेल कम खेलेको छ ।
यसअघि भएको सिजनको पहिलो खेलमा पनि बार्सिलोनाले रियललाई ५–१ ले हराएको थियो ।

याे जितसँगै बार्सिलोनाले ४ दिनको बीचमा रियल मड्रिडलाई लगातार दुई खेलमा उसकै घरमा पराजित गरेको छ । यसअघि बुधबार कोपा डेल रेमा बार्सिलोनाले रियललाई ३-०ले पराजित गरेको थियो । एल स्वारेजले २ गोलले र आर भरानेले १ गोल गरेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.