पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन उद्दत बनेको आरोप लगाउनु भएको छ ।
सोमबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाउनु भएकाे हो ।
कार्यक्रममा सभापति देउवाले सरकारले फेसवुक, ट्विटर, युट्युव र अनलाईनलाई व्यवस्थित गर्ने नाममा साइवर क्राईमको आरोप लगाएर पे्रस स्वतन्त्रता हनन् गर्न लागिपरेको बताउनु भयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए कांग्रेसले प्रतिवाद गर्ने उहाँले बताउनु भयो ।प्रजातन्त्र स्थापनाका लागि लिलाबहादुर पण्डितको योगदानको चर्चा गर्दै सभापति देउवाले पण्डितले देखाएको बाटो पहिल्याउने बताउनु भयो ।
Comments are closed.