Nepal's First Video FM

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

60

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमिति चेकजाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए ।

प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानुपर्ने भएपनि उनले यही गर्ने मनसाय देखाएको बताइएको छ ।

अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेका बताइको छ । परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको डा सायमीले बताए । ratopati

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.