Nepal's First Video FM

बोक्सी हुन्छ भने मलाई खाएर देखाऊः प्रधानमन्त्री

594

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनु पर्नेमा जोड दिएका छन् ।

अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरे । गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै भने, ‘यदि कोही साच्चीकै बोक्सी छन् भने मलाई खाएर देखाऊ ।’

‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो’ उनले अघि भने ।

प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताए । तराई मधेसको विकासका लागि सरकारले निजगढ-काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाइृको उनले बताए ।

भारतीय बाँधका कारण हुने डुबान समस्या हटाउन भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीअनुसार सर्वेको काम अगाडि बढेको बताए ।

You might also like

Comments are closed.