Nepal's First Video FM

कसरी जुट्यो यस्तो दुर्गम जिल्लामा अस्पतालको लागि ७ करोड?पढ्नुहोस

545

काठमाडौँ– सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अस्पताल निर्माणार्थ आयोजना गरिन लागेको महायज्ञ अगावै ७ करोड रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको छ । गाउँपालिकामै सुविधासम्पन्न ५० शैयाको अस्पताल निर्माणका लागि गाउँपालिकाले आर्थिक सहयोग जुटाउने हेतुले आयोजना गर्न लागेको महायज्ञ अगावै सहयोग र दानको ओइरो लागेको हो ।

धार्मिक ज्ञान महायज्ञ आगामी चैत्र २ गते देखि ९ गतेसम्म थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा आयोजना हुँदैछ । चिरपरिचित पण्डित दिनबन्धु पोखरेलले सप्ताह ज्ञान महायज्ञको वाचन गर्नुहुनेछ ।

महायज्ञ सुरु हुनु अगावै अहिलेसम्म करिव ७ करोड रुपैयाँ संकलन भइरहेको हो । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईका अनुसार देश तथा विदेशमा रहने ब्यक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेको छ ।

महायज्ञको संघारमा रहेको गाउँपालिकाले तयारीलाई तिब्र बनाएको छ भने आर्थिक दान संकलन अभियानलाई पनि तिब्र बनाएको छ । सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरु देश तथा विदेशमा सक्रिय छन् । उपसमितिहरु मार्फत अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा जस्ता देशमा रहेका नेपाली तथा विदेशीहरु मार्फत सहयोग आउने क्रम निरन्तर रहेको छ । गाउँपालिकाले महायज्ञबाट २० करोड रुपैयाँ भन्दा बढि रकम संकलन गर्ने लक्ष्य लिएको छ । महायज्ञ सञ्चालन अवधीभरमा लक्ष्य प्राप्ती हुने गाउँपालिकाको विश्वास छ ।

दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था र लाखौँ ऋण काडेर हेलीकोप्टरमा विरामी अस्पताल लैजानु पर्दाको पिडादायी अवस्थालाई निर्मुल गर्न सुविधा सम्पन्न अस्पताल निर्माण गरिन लागेको गाउँपालिकाले जनाएको छ ।

चैत्र दुई गते नै अस्पतालको शिलन्यास गरिने र दुई बर्ष भित्र अस्पताल निर्माण गरिसक्ने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.