Nepal's First Video FM

अमेरिकामा कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बने मेयर

102

अमेरिकाको बरमोन्टस्थित सानो सहर ‘फेयर हेभन सहर’मा एक बाख्रोलाई मेयर बनाइएको छ। अमेरिकाको दक्षिणी किनारामा रहेको फेयर हेवनमा लिंकन नामको बाख्रालाई मेयर बनाइएको हो ।

लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

लिंकनले १३ भोट पाए भने सैम्मीले १० भोट पाएको थियो । अरु १३ उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे। जम्मा ५३ मतदाताले मतदान गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो। लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकन निर्वाचित भएको हो ।

लिंकनले अब फेयर हेभनमा हुने विभिन्न कार्यक्रममा अतिथिको भूमिका निभाउनेछ । कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास गर्ने बताइएको छ ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो। सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.