Nepal's First Video FM

जिनेदिन जिदान रियल मड्रिडको प्रशिक्षकमा फर्किए

137

जिनेदिन जिदानले फेरि रियल मड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनले गत मे महिनामा रियल मड्रिडको प्रशिक्षक पद त्यागेका थिए ।

त्यसपछि प्रशिक्षकको जिम्मेवारी सान्टियागो सोलारीले पाएका थिए । तर, उनको प्रशिक्षणमा रियल मड्रिडले राम्रो खेल प्रदर्शन गर्न सकेन । त्यसको पछिल्लो उदाहरण हालै रियल मड्रिड अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

गत मंगलबार राति आफ्नै घरेलु मैदानमा प्रिक्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिड नेदरल्यान्ड्सको आयाक्ससँग ४-१ गोलअन्तरले पराजित भयो र समग्रमा ५-३ गोल अन्तरले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरियो । रियल मड्रिड पछिल्लो २२ वर्षमा अन्तिम १६ बाटै बाहिरिएको यो पहिलो पटक हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.