Nepal's First Video FM

रेडियोमार्फत फोन नम्बर साटफेर हुँदा बालिका बलात्कृत

433

रेडियोमार्फत फोन नम्बर साटफेर हुँदा मोरङ, उर्लावारीकी १३ वर्षीय बालिका बलाकृत भएकी छन् । उनलाई उर्लाबारी–३ थापा चोकका २५ वर्षीय जेम्स क्षेत्री भनेर चिनिने चन्द्रमणि आचार्यले बन्धक बनाएर बलात्कार गरेको पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।

आर्चायले बालिकालाई ‘गिफ्ट’ ल्याइदिएको भन्दै घरमा बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख राम प्रसाद तिमल्सिनाले बताए । उनले भने, ‘युवाले बालिकाको फोन नम्बर रेडियो कार्यक्रममार्फत पाएका रहेछन् ।’

इलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख तिमल्सिनाका अनुसार गत शनिबार फोन गरी ‘गिफ्ट’ ल्याइदिएको भन्दै आचार्यले बालिकालाई घर लगेको अनुसन्धानमा खुलेको छ । अहिले बालिका जुनसुकै बेला रुने कराउने गरेको प्रहरीको भनाई छ । उनको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

पक्राउ परेका आचार्यविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जवरजस्ती करणीको मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।nayapatrika

You might also like

Comments are closed.