Nepal's First Video FM

फेसबुकमा हालसम्मकै ठूलाे समस्या

130

फेसबुकको समस्या आश्चर्यजनक देखिएकाे छ । नेपाल लगायत विश्वका धेरै देशमा फेसबुककाे साइट डाउन भएकाे देखिन्छ । केही प्रयाेगकर्ताका कुनै पनि कमाण्डले काम गरिरहेकाे छैन । कुनै बेला लग-इन नहुने, कुनै बेला न्युजफिडमा समस्या देखिने, अथवा पूरै काम नगर्ने र पासवर्ड चेन्ज समेत नहुने तथा कुनै पनि पाेस्ट गर्न र लाइक तथा कमेन्ट गर्न नमिल्ने समस्या अाइरहेकाे छ ।

तर कतिबेला भने एक्कासि आफै राम्रोसँग काम गर्दैछ । याे समस्या सबै प्रयाेगकर्ताकाेमा नदेखिए पनि कसैकाे एकाउन्टमा अांशिक र कसैकाेमा भने पूर्णरुपमा समस्या भएकाे गुनासाहरु अाइरहेका छन् । तर फेसबुक म्यासेन्जरमा भने उति समस्या देखिएकाे छैन । त्यस्तै इन्स्टाग्राम र ह्वाट्सएपमा समेत कतिपयको यस्तै खाले समस्या देखा परेकाे बताएका छन् ।

फेसबुकले आफ्नाे सिस्टममा आश्चर्यजनक समस्या देखिएकाेले फिक्स गर्न लागिपरेको जनाएको छ । यो समस्या बुधबार बिहान ११ बजेतिरबाट अमेरिकाबाट सुरु भएको र पछि नेपाल लगायत विश्वका सबै ठाँउमा समस्या देखिन थालेको हो ।

‘डिडिओएस’ नामक एक किसिमको साइबर हमलाका कारण फेसबुककाे साइट डाउन भएकाे भन्ने हल्लाहरु निराधार रहेकाे फेसबुकले जनाएकाे छ । फेसबुकले एक विज्ञप्ति जारी गर्दै भनेकाे छ- ‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयासरत छौँ ।’

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.