Nepal's First Video FM

राष्ट्रपतिको रेड कार्पेटमा सर्प

82

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रम थियो । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्‍यो ।त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गदै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले ।केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.