Nepal's First Video FM

युटुबमा सर्बाधिक हेरिएको लोक गीत लालुमै पछि आयो फेरी अर्को मार्मिक गीत-पूर्णकला बिसिको आवाजमा छोरीको बेदना

79

नेपाल गरिबीले थिचेको एउटा देश जहाँ उपचार नपाएर मृत्युको मुखमा पुगेको समाचार हामी दैनिक जसो सुन्ने गर्छौ हो यही कथा र पिडा अब गीतमा उनिएको छ, नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल चर्चित निर्देशक बिक्रम चौहान को निर्देशनमा दुर्गा जैसीको मार्मिक लोक गीत ‘छोरीको बेदना’बजारमा आएको छ।गीतमा चर्चित गायिका पूर्णकला बि.सी.को आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द संगीत लालुमै का चर्चित संगीतकार शिव हमालको रहेको छ।

बि स्टार फिल्म्स को आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने टिका जैसी र स-परिवारको रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको भिडियोको सम्पादन भने मिलन बि. क.को रहेको छ। प्रकास खड्काको छायांकन रहेको छ भने गीतको कथा बस्तु निकै मार्मिक रहेको छ।लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।हेरौ भिडियो :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.