Nepal's First Video FM

‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान परान’ सार्बजनिक

635

फिल्म ‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान परान’ रिलिज गरेको छ । गीतमा अन्जु पन्त र आशिष अविरलले स्वर दिएका छन् । आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत पनि आशिषले नै भरेका हुन् ।

फिल्मका मुख्य कलाकार नायक अनमोल केसी, नायिका सुहाना थापासंगै नायक सलोन बस्नेत र रेअर राइलाको फिचर रहेको छ। नायक आमेष भण्डारी गीतको भिडियोमा दुलाहाको भेषमा देखिएका छन् ।

फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा झरना थापा र सुमन पौडेलको कथा रहेको छ । फिल्मलाई संजय लामा र सवनम मुखियाले खिचेका छन् । कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ ।

हिमाल केसीको एक्सन रहेको फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापासंगै नायक सलोन बस्नेत, रेअर राइलारविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

You might also like

Comments are closed.