प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताएका छन् । जनताले रगत बनाएर गणतन्त्र ल्याएको भन्दै उनले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले शशांकको नाम त लिएनन् तर, आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताए ।
प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको उनले बताए । जोगीले फेरी लगाए जस्तो राजतन्त्रको नारा लगाएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ ।’
उनले अघि भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै पट्याक फुटुक नगर्दा हुन्छ ।’
Comments are closed.