Nepal's First Video FM

जंगली हात्तीले २१ घर भत्काए

855

फागुन ७, कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।

राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

हात्तीले घरमा क्षति पु¥याएपछि सोमबार बिहान यहाँ स्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटना स्थल पुगेर क्षतिको विवरण लिएको छ ।

हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहत स्वरुप प्रतिपरिवार दुई हजार प्रदान गर्ने जानकारी दिए ।

You might also like

Comments are closed.