Nepal's First Video FM

थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको भव्य कन्फरेन्स सम्पन्न

529

नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रा.लि. ले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ । कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरह?लाई संलग्न गराउदै सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाह?मा अवार्ड समेत दिईएको थियो, जस अन्तर्गतका बिधाह? यस प्रकार छन् ः
• Best Dealer Region Award
• Best Branch Region Award
• 100 Club Award
• Upcoming Star Award
• Gorkhali Award

उक्त अवार्ड एम्.भि. दुगडका उपाद्घक्ष विवेक दुगड, एम्.भि. दुगडकी डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रा.लि. ईण्डियाका उपाद्घक्ष सूधान्सु अगर्वाल, पियाजियो भेहिकल प्रा.लि. ईण्डियाका निर्यात बिक्री म्यानेजर दिपक कुमार र हेड अफ अपरेसन विजय महत्तोले हस्तान्तरण गर्नुभएको ।
उक्त कार्यक्रमको संलाचन दुगड ग्रुपकी पि.आर. हेड विमला थापाले गर्नुभएको थियो । २०१८ फेबु्रअरी महिनाबाट आधिकारिक रुपमा पियाजियो ३ ह्विलर्सको नेपालमा बिक्रि बितरण सुरु गरे लगतै १ वर्षको अन्तरालमै पियाजियो थ्री ह्विलर्सको सफलताको खुसि साट्न र आफ्ना सम्र्पुण डिलर्सहरुलाई प्रोत्साहन गर्ने हेतुका साथ थाईल्याण्डको पट्टाया शहर कार्यक्रमका लागि रोजेको सोहि ग्रुपका हेड अफ अपरेसन विजय महत्तोले बताउनु भयो । तिन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुदा एस प्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एम्.भि. दुगड ग्रूप अग्रसर रहने कुरा उपाद्घक्ष विवेक दुगडले बताउनुुभयो ।

You might also like

Comments are closed.