Nepal's First Video FM

निर्मला हत्या प्रहरण : तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

66

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा जिल्ला अदालतले बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो ।

जिसिलाई यातना विरुद्धको कसुरमा रु ५ लाख र सार्वजनिक न्याय विरुद्धको कसूरमा रु ४ लाख धरौटी सुनाइएको छ । श्रेष्तेदार अवस्थीले धरौटी तिर्न नसके थुनामा राख्नु भन्ने आदेश भएको बताउनुभयो ।

निर्मला पन्त हत्या प्रकरणमा विष्ट सहित प्रहरी कर्मचारी विरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.