Nepal's First Video FM

सुकुना क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप, चार घाइते

628

मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएकाे छ । बुधबार दुई विद्यार्थीसंघबीच दोहोरो ढुंगामुडा हुँदा नेविसंघका चार जना नेता घाइते भएका छन् ।

झडपमा नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ ।

गत फागुन २० गतेदेखि क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै नेविसंघले आन्दोलन गर्दै आएकाे छ । त्यही आन्दोलनमा विवाद हुँदा दुई विद्यार्थीसंघबीच झडप भएकाे हाे ।

प्रहरी टोलीले क्याम्पस प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।

You might also like

Comments are closed.