नायक पुष्प खड्काले एउटा फिल्ममा तीस लाख पारिश्रमिक माग गरेको खबर केही दिनदेखि फिल्म वृत्तमा चर्चामा छ । हाल फिल्म ‘मारुनी’को छायाँकनमा व्यस्त पुष्पले एउटा फिल्म खेले वापत यति धेरै पारिश्रमिक माग गरेकै हुन् त ?
कोहलपुरको ‘मारुनी’ छायाँकन स्थलबाट आफुले तीस लाख पारिश्रमिक माग गरेको बारे पुष्पले रमाइलो छ सँग भने, ‘मैंले ३० लाखसम्म माग गरेको हो । उहाँहरुले केहि हेरफेर गर्नु भन्नु भएको छ । किन माग गर्नु भयो त ? यति धेरै पारिश्रमिक भन्ने प्रश्नमा पुष्पको जवाफ छ, मैंले फिल्मको एक लाइन स्टोरी सुनें । स्टोरी सुन्दा फिल्मलाई लामो समय दिनु पर्ने र निकै मिहेनत गर्नु पर्ने देखिएको छ । त्यसैले मंले ३० लाख माग गरेको हुँ । तर यो रकम अहिले केहि पक्का भैसकेको छैन । उहाँहरु केही कम गरेर अगाडी बढ्ने मनस्थितिमा देखिनु भएको छ ।’
पुष्पलाई दार्जिलिङको एउटा फिल्म बनाउने समुहले फिल्म खेल्न प्रस्ताव राखेको हो । बुझिए अनुसार उक्त फिल्मको छायाँकन दार्जिलिङ र नेपालको विभिन्न स्थानमा खिचिने छ । के पुष्पले तीस लाख पारिश्रमिक लिएर फिल्म खेल्लान् त ?
तुलसी घिमिरेको ‘दर्पण छाँया २’ गरेको पुष्प खड्काले फिल्म ‘मंगलम’ मा निभाएको भूमिकाको सर्वत्र प्रशंसा भयो । मह सञ्चारको ‘दाल भात तरकारी’ पछि ‘मारुनी’ मा व्यस्त पुष्पलाई रजतपटमा राम्रो सम्भावना बोकेको नायकको रुपमा हेरिंदैछ । पुष्प र नायिका आँचल शर्मासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :
यतिबेला नेपाली फिल्म क्षेत्रमा अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ, धिरज मगर जस्ता युवा नायकको बोलवाला छ । अग्रपंत्तिका युवा स्टार अनमोल केसीले एउटा फिल्म खेले वापत पचास लाखसम्म पारिश्रमिक लिने गरेका छन् । यो पंत्तिमा पुष्प पनि पर्ने देखिएका छन् ।
Comments are closed.