फागुन ७, नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने-‘एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ ।’ उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए ।
Comments are closed.