कृष्ण ओली र रुपाको जोडी भाइरल भए संगै अर्को उस्तै जोडी-मृत्युमा पनि एकै चित्ता (हेर्नुहोस कारुणिक भिडियो)
नव गायक निवाश थापाको जन्मदिनकै अवसरमा आधुनिक गीति एल्बम “हृदय” को बिमोचन कार्यक्रम सङ्गै सोही गीत अन्तर्गत रहेको गीत “मृत्यु मा एउटै चिता बनोस” को भिडियो सार्वजनिक भएको छ ।
बिमोचन कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा. कृष्णहरि बराल, बाबुराजा केसि, बिबि अनुरागी, एकनारायण भन्डारी, महेश खड्का लगायत चर्चित कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो। सोहि गीतमा निवास थापाको रहेको छ भने केशब अधिकारीको शब्द, सङ्गीत रहेको छ ।
कुशल निर्देशक एबम मोडल शिवन पोखरेलको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको छ भने अर्चना काउछा मगर र नवीन श्रीसको अभिनय रहेको छ । भिडियोमा भाग्य न्यौपाने अतिथी कलाकारको रुपमा देखा परेका छन् । यस गीतलाई शाहरा फिल्म्सले बजार ब्यवस्थापन गरेको छ ।
बिमोचन कार्यक्रममा प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजन गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी कमल सरगमले संचालन गरेका थिए । उक्त कार्यक्रममा बागमती सरसफाई अभियानका प्रतिनिधि, बन्दना नेपाल, भाग्य न्यौपाने र श्रस्टा सर्जक लगायत अन्यलाई सम्मान गरिएको थियो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिन्क क्लिक गर्नु होला ।
Comments are closed.