Nepal's First Video FM

हावाहुरी प्रभावित बारा र पर्साका अधिकांश पीडित खुला आकाशमुनी

317

आइतवार साँझको हावा–हुरीले उजाड बनाएको बारा र पर्साका अधिकांश पीडित खुला आकाशमुनी छन् । राहत सामग्री त पुगेको छ । तर, वितरणमा समन्वयको अभाव छ । सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित बासस्थानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षाकर्मी अस्थायी बासस्थान निर्माणमा जुटे पनि बस्ती नै उजाड भएकाले तत्काल सबैले ओत पाउने संभावना छैन । खुला आकाशमुनी बस्दा दिनभरको घाम र रातको सित तथा लामखुट्टेको टोकाईबाट पीडामाथि पीडा थपिदो छ । सर्वश्व गुमाएका पीडित सरकारले तत्काल टाउको लुटाउने छाप्रो र खाद्यान्नको जोहो गरिदिए हुथ्यो भन्नेमा छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.