फागुन ७, सिरहाको धनगढीमाई नगरपालिका-१० श्यामपुरको आँपको बगैँचामा एक युवकको शव फेला परेको छ । धनगढीमाई नगरपालिका-१२, सिमरटोकी घर भई हाल लहान नगरपालिका-२४ डाँडाँटोल बस्दै आएका ३० वर्षीय जोगी सदायको शव स्थानीय सागर मगरको बगैँचामा फेला पररेको हो ।
मदिराले लठ्ठिएर आइतबार अपरान्ह घरबाट बजार जान्छु भन्दै हिँडेका सदाको शव सोमबार अपरान्ह भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या गरी फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाँटीमा डाम देखिएकोले उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । सदायको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ ।
Comments are closed.