Nepal's First Video FM

शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सीसीटिभी जडान

409

उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा बसुन्धराभित्र रहेका सङ्गम टोलमा सिसिटीभी जडान गरिएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन सिसिटिभी जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । परिसर प्रमुख लामाले प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारीलाई अगाडि लैजान सीसीटिभी जडानले सहयोग पुगेको भन्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बसुन्धरा क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सङ्गम क्लबले ठूलो सहयोग पु¥याएको बताउँदै आगामी दिनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणका लागि क्लबले सिसिटिभी जडान गरेको जानकारी दिए ।

रु १३ लाख लगानीमा जडान गरिएको सीसीटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ । सिसिटिभी निर्माणका लागि वृत्त महाराजगञ्जले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा सो क्षेत्रबाट गत वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याई पास गर्ने छात्रछात्रा तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.