Nepal's First Video FM

१ वर्ष लामो आन्तराल पछि Short Movie ‘आमा’ लिएर फर्किदै सुमन चित्रकार श्रेष्ठ

785

आमा अनलाइन टेलिभिजन को प्रस्तुतिमा एउटा छोटो चलचित्र बन्ने भएको छ। ‘आमा’ नामक यस प्रस्तुति आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिनमा दर्शकहरु माझ रिलिज गरिने भएको छ। यस आमा नामक चलचित्रमा सुमन चित्रकार श्रेष्ठ ,कृष्ण भक्त महर्जन ,अमृता पाण्डे,शोभा थापा लागएतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा गिरिश ज्ञवाली रहेका छन्। यसलाई निर्देशन बाबु सुरेश डी.सीले गरेका छन् ।

सुमन चित्रकार श्रेष्ठले पहिले पनि विभिन्न क्षेत्रमा काम गरिसकेका छन्। तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब सिरिजबाट चर्चामा आएका सुमन केहि समय देखि मीडिया क्षेत्र बाट टाढा रहेका थिए। ‘आमा’ नामक यस प्रस्तुति बाट उनि फेरी एस क्षेत्रमा कमब्याक गर्न लागेको उनले जानकारी दिए। आमाले समाजमा भइरहेको सामाजिक घटनाहरु बोकेको निर्देशकले जानकारी दिए।

यस प्रस्तुति युटुब च्यानल आमा अनलाइन टेलिभिजनमा मातातिर्थ औशीको दिन सार्बजनिक गरिने जानकारी प्राप्त भएको छ।

You might also like

Comments are closed.