Nepal's First Video FM

स्वास्थ्यमा समस्या देखा परेपछि एक दिन अगावै फर्किइन् राष्ट्रपति

57

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी बुधबार बिहान काठमाडौँ आइपुग्नु भएको छ । उहाँलाई अल्टिच्युड सिकनेश भएको बताइएको छ ।

छिमेकी देश चीनको नौ दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आजै (बुधबार) स्वदेश फर्कनु भएको हो। स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किनु भएको हो ।
अर्थात तिब्बतसहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुग्दा उनलाई अल्टिच्युड सिकनेश भएको र त्यसले स्वासप्रस्वासमा समस्या देखिएको र सोही कारण एक दिन अगावै फर्किनु भएको बताइएको छ ।
स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ सम्मेलनका कार्य तालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याललका अनुसार राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट स्वदेश आइपुग्नु भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.