Nepal's First Video FM

सिरियामा हवाई आक्रमण: ७७ जना मारिए, बमबारी रोक्न राष्ट्रसंघको माग

818

फागुन ८, सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको अभियानकर्ताहरूले बताएका छन् ।

हवाई तथा रकेट आक्रमणहरूमा २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया दिएका छन् ।

उक्त क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमणको तयारी गरिरहेको ठानिएको छ ।

पूर्वी गुटामा आइतबार गरिएको हमलाले सर्वसाधारणलाई मात्र नभइ उनीहरूको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण संरचनाहरू जस्तै गोदामहरू, खाद्यभण्डार र बेकरीलाई पनि निशाना बनाएको छ ।

हमलाले उक्त क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ जसका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने देखिन्छ । स्वस्थ्य केन्द्रहरूमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।

एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पताल सोमबारको आक्रमणमा परेका थिए । विद्रोहीहरूले मोर्टार हमलाबाट जवाफ दिइएरहेका छन् तर सरकारी सैन्य बल उनीहरूभन्दा बढी शक्तिशाली देखिएका छन् ।

बीबीसीबाट साभार 

You might also like

Comments are closed.