फाल्गुन ८, राष्ट्रय सभाका तीन सदस्यको मनोनयनका लागि शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय रद्द गर्दै केपी ओली नेतृत्वको सरकारले नयाँ नाम सिफारिस गरेको छ ।
मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनाको नाम राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो । बैठकले डा. युवराज खतिवडा, राम नारायण विडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको श्रोतले बताएको छ ।
यसअघि देउवा सरकारले कृष्ण प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.