Nepal's First Video FM

प्रेमी प्रेमिकाको कहानीमा आयो गीतकार आनन्द राज खनालको सृजनामा बोल्न मन (भिडियो)

617

नेपाल टेलिभिजनको झंकार लाईभ शो मार्फत गीतकार श्री आनन्द राज खनाल ज्यूको गीतिसंग्रह “तिम्रा लागि ” बिमोचन सम्पन्न भएको छ। पुर्व सचिव, गीतकार तथा निवार्चन आयोगका प्रमुख आयुक्त श्री दिनेश कुमार थपलीया ज्यूको प्रमुख आतिथ्य र बरिष्ठ गीतकार, प्राध्यापक डा. श्री कृष्णहरि बराल ज्यूको बिषेश आथित्यतामा साथै बरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष श्री महेश खड्का ज्यू को उपस्थितिमा सो गीतीसंग्रह बिमोचन कार्यक्रम आज सम्पन्न भएको छ। सोही कार्यक्रममा यसै गीतिसंग्रहमा आफ्नो स्वर र संगीत दिनुभएका श्रष्टा ज्यूहरू श्री संगीता राना प्रधान, श्री सरिता मिश्र, श्री आशिस अबिरल, श्री बानिका प्रधान, श्री भरत सिटौला को उपस्थिति रहेको थीयो । यस गीतिसंग्रह मा ५ वटा गीतहरु रहेका छन् र यो गीतिसंग्रह को बजार ब्यबस्थापन बिन्दवासिनी म्युजिक प्रा. ली. ले गरेको छ ।

तनहुँ जिल्लाको दमौलीमा जन्मे हुर्केका आनन्द राज खनालले कक्षा सात सम्मको शिक्षा दमौलीबाट प्राप्त गरे पनि आइ एस्सी सम्मको शिक्षा काठमाडौबाट पुरा गरेका हुन् । कोलम्बो प्लानको छात्रवृत्तिमा ईलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका खनालले भारत बाटै अप्टिकल कम्युनिकेसनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । कानुन स्नातक (एल एल बी) मा पनि उनी गोल्ड मेडलिस्ट हुन् ।
सन् १९९७ देखि विश्वविद्यालयहरुमा निरन्तर अध्यापनमा संलग्न खनाल हाल नेपाल दूरसंचार प्राधिकरणमा वरिष्ठ निर्देशक छन् ।
सन् २०१४ देखि अन्तर्राष्ट्रिय दूरसंचार संघको विकास व्युरो अन्तरगत अध्ययन समुहको उपाध्यक्ष रहेका खनाललाई संयुक्त राष्ट्र संघका महा सचिवले सन् २०१९ का लागि ईन्टरनेट गभर्नेन्स फोरमको मल्टी स्टेक होल्डर एड्भाइजरी ग्रुप को सदस्यमा नियुक्ति गरेका छन् ।

सूचना तथा संचार क्षेत्रका विज्ञका रुपमा देश विदेश मा चिनिएका खनालको साहित्य, संगीत, पूर्वीय दर्शन र अध्यात्ममा गहिरो रुचि र अध्ययन छ। विविध विषयमा उनका धेरै लेख रचनाहरु प्रकाशित छन् ।
सिक्दै लेख्दै गर्दा २०० भन्दा बढी गीत रचना गरी सकेका खनालको यो पहिलो गीति संग्रह हो।
यस संग्रहमा उनको पूर्ण आस्था र प्रेममा समर्पित गीत देखि वियोग झल्काउने, र अप्ठेरो परिस्थितिमा गरिने प्रेम सम्मका गीत यस संग्रहमा रहेका छन् । कयौं श्रोताले उनका गीतमा आफ्नो अनुभुति समेटिएको अनुभव गरेका छन् ।
यी गीतका शब्द, संगीत र संगीत संयोजन तथा गायकीबाट यो गीतकारको पहिलो गीति संग्रह हो भनेर पत्यार नलाग्न सक्छ । यस अर्थमा गीतकार सफल देखिन्छन् । उनलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा आगामी गीति यात्राका लागि शुभकामना ।
भिडियो हेरौ :

You might also like

Comments are closed.