फागुन ८, ललितपुरको भैसेपाटीमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी सवार गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ ।
भण्डारी सवार बा७च ८६९७ नम्बरको गाडीले बा५७प ४४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । गाडीको ठक्करबाट मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।
मंगलबार बिहान घरबाट जावलाखेलस्थित कार्यक्रममा जाँदै गर्दा भण्डारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो । प्रत्यक्षदर्शीका अनुसार घटना लगत्तै भण्डारी गाडीबाट झरेर अर्को गाडीमा कार्यक्रम स्थलतर्फ लागेका थिए ।
गाडी घटना स्थलमै रहेको बताइएको छ । गाडी भण्डारीका चालकले हाँकेका थिए । ललितपुर ट्राफिक प्रहरीले अहिलेसम्म दुर्घटनाको जानकारी नआएको बताएको छ ।
Comments are closed.