Nepal's First Video FM

लामो समय पछि फेरी किरणबाबु पुनको आयो भारतीय गायिका संजीवनीसंग बहुप्रतिक्षित गीत ‘समय’

787

कमल सरगम-काठमाण्डौ। नेपाली लोक संगीतलाइ परिवर्तन गर्ने सर्जक हुन् किरण बाबु पुन।उनले कुनै समय क्षितिज पारी उनको बस्तीमा,यो मार्मिक संदेश,बाचा जस्ता गीत बजारमा ल्याएर अस्ताउँन लागेको दोहोरीलाई फेरी फराकिलो बनाएका थिए।आज यसैको देन हो समय।

किरण बाबु पुनको फेरी अर्को उत्कृष्ट लोक दोहोरी गीत’समय’बजारमा आएको छ।गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि किरण बाबु पुनकै रहेको छ।कृष्ण फ्लिम्सले बजारमा ल्याएको उक्त गीतको भिडियो निर्देशन भने चर्चित निर्देशक बाबुराजा केसीले गरेका हुन्।

निकै पुरानो कथालाई भिडियोमा उतारेका छन बाबुराजा केसीले।मधुर बस्नेतको छायांकन रहेको भिडियोमा अभिनय भने प्रेम थापा र सुशिला थापाको रहेको छ।भिडियो सम्पदान भने नबिन घर्ती मगरले गरेका हुन्।भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.