Nepal's First Video FM

यौन व्यावसायमा संलग्न भएकाे अाराेपमा १ सय २५ पक्राउ

131

राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ रेष्टुरेण्ट बारमा लाने अनैतिक ब्यबहार गर्ने गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक उत्त्मराज सुवेदीका अनुसार उनीहरुलाइ काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, बागबजार, चावहिलल लगायतका स्थानबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा महिला प्रहरीलाई संकास्पद क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.