Nepal's First Video FM

पोखरामा बम विष्फोट हुदाँ एक प्रहरी र पत्रकार घाइते

556

फागुन ८, कास्कीको  पोखरा लेखनाथ महानगरपालिकाको विजयपुरमा बम विष्फोट हुदा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते रहेका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.