Nepal's First Video FM

अझैँ ३ दिन देशका अधिकांश ठाँउमा मेघ गर्जन, हावाहुरी सहित वर्षा हुने

132

गत शनिबारदेखि देशभर मौसममा गडबडि देखिएको छ । अझैँ ३ दिन देशका अधिकांश ठाँउमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको हाे ।

मंगलबार (अाज) दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

त्यस्तै भाेली (बुधबार) दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलि रहनेछ भने पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावनासमेत रहेकाे महाशाखाले जनाएकाे छ ।

बुधबार रातिकाे पनि देशभरि नै आंशिक देखि सामान्य बदलि रहने बताइएकाे छ । राति देशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा एवं उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने माहाशाखाले जनाएकाे छ ।

विहीबार देशभरि नै आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने र राति पनि माैसम त्यस्तै किसिमकाे रहने छ ।
मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्नेक्रममा रहेको छ। पश्चिमतिरको आकाश सफा भए पनि पुनः अर्काे मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने महाशाखाले जनाएकाे छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.