Nepal's First Video FM

नेपालकै इतिहासमा पहिलो पटक कर्मचारीले भव्य रुपमा मनाए आफ्ना अध्यक्षको ५०औं विवाहाको स्वर्ण जयन्ती

134

उद्योगपति र कर्मचारीको सम्बन्ध नङ्ग र मासु जस्तै हुनुपर्छ भन्ने कुराको कथन कयौ पटक सुनिएता पनि वास्तविकता यसको ज्वलन्त उदाहरण बने एम.भि. दुगड़का कर्मचारीहरुले दिएका छन् । जीतपुर सिमरामा बैसाख २१ गते शनीबारको दिन एउटा अनुपम र ऐतिहासिक कार्यक्रम भयो । MV Dugar
ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उहाँको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड़ दम्पती लगायत सम्पूर्ण परिबारलाई श्रद्धा र प्रेम पुर्वक विशेष निम्तो दिए ।
यस निम्तोलाई सहर्ष स्वीकार्दै आफू, आफ्नो श्रीमती, छोरा,बुहारी, नातीहरु लगायत सम्पूर्ण परिबार सहीत जीतपुर सिमरामा अवस्थीत दुगड़ कार्यालय प्राङ्गणमा पाईला टेक्ना साथ भव्य पंडाल, गाजा–वाजा, वग्गि सहित उनको भव्य स्वागत गरियो । कार्यक्रममा दम्पतीको वरमाला सहित पुनह विवाहको कार्यक्रम सँग–सँगै करिब सात घण्टाको सांस्कृतीक कार्यक्रम रहेको थियो ।
कार्यक्रममा हाल कार्यरत करिब ८५० कर्मचारीहरु,उनका परिवार, जीतपुर सिमरामा रहेका भुतपुर्व कर्मचारी र उनका परिवार सहभागी भई हर्ष उल्लासका साथ सबै जना त्यही प्राङ्गणमा रात्री विश्राम पनि गरे । कार्यक्रम दुगड़ ब्रदर्श एण्ड सन्स प्रा.लि का शिनियर जनेरल म्यानेजर श्री वेद प्रकाश शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एम.भि दुगड़ ग्रुपकी पि.आर हेड श्री विमला थापाले गरेकी थिईन ।

मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई यस्तो अभुतपूर्ब माया ऐतिहासीक ,सम्मान पाएकोमा आफ्नो व्यापारीक र औद्योगिक ५० बर्षको यात्रा सफल भयो भन्ने मार्मिक उद्गार प्रकट गर्नुभयो । समारोहका अंतमा MV Dugar गुपबाट रात्री भोजको आयोजन गरीयो । यसै कार्यक्रमबाट उत्साहीत भई MV Dugar अन्र्तगतका काठ्माण्डौका हाईड्रोपावर र अटोमोवाईल्सका कर्मचारी गणहरुले पनि अब द्रोस्रो चरणको कार्यक्रम काठमाण्डौंमा गर्ने घोषण गरेका छन् । जसमा दुगड़ज्यूको सम्पूर्ण परिवार पुनः उपस्थित हुनेछन् ।
कर्मचारीले आफ्ना अध्यक्षको ५०औं विवाहाको स्वर्ण जयन्ती यति सनदार रुपमा मनाइएको संभवत नेपालको इतिहासमा यो पहिलो पटक हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.