Nepal's First Video FM

बिष्णु माझीले गाएको गीत पहिलोपटक एक हप्ता नपुग्दै हेरे यति धेरैले !कमेन्टमा प्रशंशाको ओहिरो (भिडियो)

765

कमल सरगम-काठमाण्डौ।बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको गीत छिपछिपे पानीमा लेउ हप्ता दिन बित्न नपाउदै ८ लाख भन्दा बढी दर्शकले गीतलाई माया गरेका छन। नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित सर्जक एकनारायण भण्डारी एक अर्को उत्कृष्ट सृजनाको साथमा बजारमा आएका छन।छिपछिपे पानीमा लेउ नामक बोलको गीतले नेपाली लोक संगीतकै तहल्का पिट्ने देखिन्छ।गीतमा नेपाली लोक संगीताकी होनहार गायिका बिष्णु माझि र प्रतिभासाली गायक पिताम्बर जिसीको सुमधुर आवाज रहेको छ।

एकनारायण भण्डारीको लय तथा शब्द सृजना रहेको उक्त गीतको युटुबमा अत्याधिक सकारात्मक कमेन्टहरुले बास गरेको छ।बिगत २ दशक देखि एकनारायण भण्डारीका सृजनालाई आम दर्शक श्रोताले मन मुटुमा राखेको छ।गीतमा नेपाली चलचित्रका सफल नायक दिलिप रायमाझी र नायिका सुरक्षा पन्तको नृत्य देख्न सकिन्छ।

पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् भने सम्पादन भने बिष्णु शर्मले गरेका हुन्।भिडियो निकै उत्कृष्ट बनेको छ भने गीताले पनि उस्तै माया पाएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।हेरौ भिडियो :

You might also like

Comments are closed.