Nepal's First Video FM

त्रिवि कर्मचारी परीक्षाामा अनियमितता

555

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोगको प्रारम्भिक निष्कर्ष निकालेको छ।आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका परिवार तथा नातेदारलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

‘भेटिएका केही तथ्यले गम्भीर अनियमितता संकेत गरेका छन्’, अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ। थप कागजपत्र हेरेर छानबिन गर्दैछौँ।’ कान्तिपुर दैनिकमा समाचार छ, अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको जानकारी दिए।

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघ संगठन र राजनीिितक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध भइरहेको छ। यो विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। केन्द्रले पनि छानबिन टोली खटाइसकेको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.