। झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ । अहिले उद्धारकार्य जारी छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।
Comments are closed.