Nepal's First Video FM

विप्लपका कार्यकर्ताले गरे मध्यबानेश्वरस्थित सरकारी गाडीमा आगजनी

580

फागुन ८, काठमाडौंको मध्यबानेश्वर स्थित एक घरमा पार्किङ गरिराखेको सरकारी गाडीमा विप्लवका कार्यकर्ताले आगजनी गरेका छन् । विप्लव माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।

मंगलबार विहान जिल्ला अदालत ओखलढुंगाको स्वामित्वमा रहेको बा १ झ ८१३८ नम्बरको गाडीमा अज्ञात समुहले आगजनीको प्रयास गरेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

‘गाडीमा सामान्य क्षती पुगेको छ’ डिएसपी पौडेलले भने, ‘प्रहरी तत्काल घट्नास्थलमा पुगेर आगो निभाउन सफल भएको हुनाले ठुलो क्षती हुन पाएन् ।’

प्रहरीका अनुसार घरको साईडमा पार्किङ गरि राखेको सरकारी नम्बरको टाटा सुमोमा विप्लवका कार्यकर्ताले विहान ८ बजेतिर आगजनी गरेर भागेका थिए । आगजनीमा संलग्नको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

दमकमा पनि विष्फोट

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक-६, घिमिरे सुपर मार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।

विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको दमकका डिएसपी दिपक गिरीले बताए । बन्दकर्ताले स्थानीयलाई तर्साउनका लागि सामान्य पटका पड्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।

You might also like

Comments are closed.