बर्दियाको गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादव रहेका छन् ।
उनले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना मंगलबार राति ११ बजे दुर्घटना भएको थियो । उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए ।
Comments are closed.